झरी सबैलाइ प्यारो लाग्छ, 
जब सम्म आफ्नो घरको छानो चुहिदैन।

त्यस्तै 
जिवनमा सबै कुरा राम्रो लाग्छ,
जबसम्म आफुलाई असर पर्दैन।


हामी सबै
अरुको पीडा बुझ्न सक्छौ,
तर महसुस गर्न सक्दैनौ,
किनभने पीडा त्यसलाई मात्र थाहा हुन्छ
जसले भोगेको हुन्छ।


त्यसैले साथी,
कसैको पीडालाई हल्का नठान,
किनकी तिमीलाई सानो लाग्ने कुरा
अरुको लागि ठूलो पीडा हुनसक्छ।